बुधबार, जेठ ९ गते २०८१

नृत्य शृङ्खला दसैँ विशेष  : जहाँ नृत्यबाट भनिँदैछ देवी दुर्गाको संघर्ष र शक्ति

नृत्य शृङ्खला दसैँ विशेष  : जहाँ नृत्यबाट भनिँदैछ देवी दुर्गाको संघर्ष र शक्ति

अखबार दैनिक
सोमबार, असोज २९ २०८०
  • नृत्य शृङ्खला दसैँ विशेष  : जहाँ नृत्यबाट भनिँदैछ देवी दुर्गाको संघर्ष र शक्ति

    काठमाडौँ । एस्थेटिक डान्स स्टुडियोले दसैँको  अवसरमा आइतबार नृत्य शृङ्खला आयोजना गरेको छ । 

    images

    राष्ट्रिय नाचघरमा दसैँको सुरुवाती दिन स्थापनाको अवसर परेर कायाकल्प (बिकमिङ हर) नृत्य शृङ्खला–७ आयोजना गरिएको हो । नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले सो स्टुडियोले केही समय यता ‘नृत्य शृङ्खला’ संचालन गरिरहेको छ । २०७९ वैशाख महिनादेखि सुरु भएको यो  शृङ्खलाको ७ सिजन कायाकल्प (बिकमिङ हर) आइतबार साँझ राष्ट्रिय नाचघरमा सम्पन्न भएका हो ।

    दसैँको अवसरमा  नवदुर्गा भवानीको ‘थिम’मा आयोजना गरिएको कार्यक्रममा देवी दुर्गाको संघर्ष र शक्तिलाई नृत्य कथाको माध्यमबाट प्रस्तुत गरिएको थियो । करिब डेढ घण्टाको कार्यक्रममा २५  भन्दा बढी कलाकारले नृत्यबाट कथालाई वर्णन गरेका थिए । यस्तै कलाकारहरुको माध्यमदेखि दसैँमा सबै परिवारसँगै हुन नपाउनुको पिडालाई पनि नृत्य कथाद्वारा प्रस्तुत गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार