शनिबार, जेठ ५ गते २०८१

तराई–मधेसमा जितिया पर्व सुरु 

तराई–मधेसमा जितिया पर्व सुरु 

अखबार दैनिक
बिहीबार , असोज १८ २०८०
  • तराई–मधेसमा जितिया पर्व सुरु 

    जनकपुरधाम । तराई–मधेसमा जितिया पर्व सुरु भएको छ । बिहीबारदेखि सो पर्व सुरु भएको हो ।  ‘जितिया पर्व’ मैथिल र थारु महिलाहरूको महान् पर्व हो ।

    images

    यो पर्व तराईमा बसोबास गर्ने महिलाहरू तथा थारु महिलाहरूले धूमधामसँग मनाउने गर्छन् । व्रतालु महिलाहरूले सन्तानको दीर्घायुको लागि यो पर्व मनाउने चलन छ ।

    jitiya2_pXdkYbWnHQ.jpg

    यो पर्व ठाउँ अनुसार फरक फरक तरिकाले मनाइन्छ । आश्विन कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन यो पर्व मनाइन्छ । सप्तमीको दिनलाई ‘नहाए खाएके’, अष्टमीको दिनलाई ‘उपवास’ र नवमीको दिनलाई ‘पारन’ भनर मनाइने जितिया पर्वमा सप्तमीका दिन बिहान व्रतालुहरू नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन् । नुहाइसकेपछि तोरीको पिना घिरौँलाको पातमा राखेर खोलामा बगाउने चलन छ । चढाएको तेल आफ्ना सन्तानलाई पनि लगाइदिने चलन छ । 

    व्रतालुहरूले बिहीबार आफ्नो नजिकको पोखरी, तलाउ, नदी लगायतमा स्नान गरी जितमाहनको कथा सुनेर व्रतको शुभारम्भ गरेका छन् । 

    jitiya4_fEDXvA8JAH.jpg

    सन्तानको दीर्घायुको लागि गरिने यो व्रतमा व्रतालुहरू उपवास बस्ने गर्छन् । उपवासका बेला व्रतालुहरूले थुक पनि निल्न नहुने मान्यता छ । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।

    उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड् जितिया पनि भनिन्छ । उपवास बस्दा एकपटक असफल भएका व्रतालु आजीवन व्रत बस्न नपाउने चलन छ । 

    jitiya7_t49XlVEmqT.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार