मंगलबार, जेठ ८ गते २०८१

स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि

स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि

अखबार दैनिक
बुधबार, भदौ ६ २०८०
  • स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि

    ६ भदौ, काठमाडौं । सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    images

    २००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)ले गीत संगीतको क्षेत्रबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन योगदान गरेका थिए । उनले गाएका ‘बसाइँ हिंड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरु कालजयी छन् ।टुहुरेको २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।

    २०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका जेबी टुहुरेले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको राजनीतिक आबद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थियो । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद् बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी केन्द्रका सल्लाहकार समेत थिए ।

    उनकै स्मृतिमा जेबी टुहुरे फाउन्डेसनले गत वर्षदेखि स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ । गत वर्ष धरानमा आयोजित जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान कार्यक्रममा ‘बसाइँ हिंड्नेको ताँतीले’ गीत लेखेका लव प्रधानलाई सम्मान गरिएको थियो । यस वर्ष भने कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेललाई सम्मान गरिँदै छ । सम्मान कार्यक्रम यही भदौ १० गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गर्न लागिएको जेबी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार