शनिबार, कात्तिक १७ गते २०८१

ब्याज घटाउन माग गर्दै आन्दोलनको घोषणा

ब्याज घटाउन माग गर्दै आन्दोलनको घोषणा

अखबार दैनिक
सोमबार, पुस ११ २०७९
  • ब्याज घटाउन माग गर्दै आन्दोलनको घोषणा

    भैरहवा । बैंक तथा बित्तिय संस्थाले उद्योगी ब्यवसायीमाथि ज्यादती गरेको भन्दै आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् । उद्योगी तथा ब्यवसायीले बैंकहरु सच्चिन आग्रह गर्दै दवावको कार्यक्रम गर्ने निर्णय भएको बताएका छन् । 

    images

    सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाको अगुवाईमा भैरहवामा भएको छलफल कार्यक्रममा उद्योगी ब्यवसायीहरुले आन्दोलनमा जाने निर्णय गरेको संघका अध्यक्ष भिष्म न्यौपानेले बताउनुभयो । यद्यपि आन्दोलन कहिलेदेखि गर्ने र आन्दोलनको स्वरुप कस्तो हुने बिषयमा अहिले नै निर्णय नभएको उहाँको भनाइ छ । 

    भैरहवामा भएको छलफलमा वर्तमान अवस्थामा साना ब्यापारी मात्र नभई ठूला लगानी गरेका उद्योगीहरु पनि संकटमा रहेको ब्यवसायीहरुको भनाइ छ । चालु पुँजीकर्जा निर्देशिकाको आडमा बैंकहरुको ज्यादती बढ्दैजाँदा यसको असर समग्र अर्थतन्त्रमा परेको नेपाल उद्योग बाणिज्य महासंघका सदस्य राजेशकुमार अग्रवालले बताउनुभयो । 

    बैंकले ब्याज बढाउँदा मानिसको क्रयशक्ति र बस्तुको माग समेत घटदैगएको उहाँले बताउनुभयो । नेपाल राष्ट्र बैंकको नीति र फितलो अनुगमनका कारण बैंकहरु जथाभावी लगानी गरेको अग्रवालको भनाइ छ । 

    अहिले बैंकहरुमा ब्याजको अस्वस्थ प्रतिष्पर्धा बढ्दैगएको बताउँदै उहाँले भविष्यमा यसले बैंकहरु पनि अहिलेको सहकारी संस्थाको हालतमा पुग्ने दावी गर्नुभयो । भैरहवाका ब्यवसायीहरु यसअघि पनि बैंकहरुले आफुखुशी ब्याज बढाएको र अर्थतन्त्र चलायमान नरहेको अवस्थामा पुस महिनाको ब्याज र साँवा समेत तिर्न नसक्ने बताएका छन् । 

    ब्यवसायीहरुले कर्जालाई रि–सेड्युल गर्न पनि आवाज उठाउँदैआएका छन् । सरकारले ब्यवसायीहरुबाट लिएको करको समेत सदुपयोग गर्न नसकेको आरोप लगाएका छन् । सरकारले पुँजीगत खर्च गर्न नसक्दा समेत अहिलेको अवस्था आएको महासंघका अर्का सदस्य महेन्द्रकुमार श्रेष्ठको भनाइ छ । 

    अहिलेको यो अवस्थाको दोषी उद्योगी ब्यवसायी, सरकार, केन्द्रीय बैंक सबै भएको बताउनुभयो । त्यसकारण अब कस्तो प्रकारको आन्दोलन र कसको बिरुद्ध आन्दोलन गर्नुपर्ने हो त्यो बिषयमा स्पष्ट हुन उहाँले आग्रह गर्नुभयो ।

    उद्योग बाणिज्य महासंघ, लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले आन्दोलनको नेतृत्व प्रदेश समितिले गर्न तयार रहेको बताउनुभयो । यो समस्या भैरहवाका ब्यवसायीको मात्र नभई देशकै समस्या रहेकाले यसको निराकरणको लागि प्रदेश समितिले अगुवाई गर्ने बताउनुभयो । 

    सरकारको नीतिका कारण वर्तमान अवस्थामा लुम्बिनी प्रदेशमा उद्योग तथा ब्यवसायहरु बन्द भइरहेको बताउँदै उहाँले यो अवस्थामा बैंक ब्याज र किस्ता तिर्न नसकिने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार