काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार २१.६३ अंकले घटेर २७१४.८५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनी घटेको छ । आइतबार ६ अर्ब ८३ करोडको कारोबार भएको छ ।
आइतबार ३१ कम्पनीको सेयर मुल्य बढेको छ भने २०७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कमपनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
आइतबार सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य सबैभन्दा बढि बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मुल्य सबैभन्दा बढि घटेको छ ।