दुर्गेश थापा र एलिना चौहान पछिल्लो एक महिनामा युट्युब चार्टमा नेपालभित्र धेरै हेरिनेरसुनिने नेपाली संगीतकर्मी बनेका छन् ।
पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्यै’ले यी दुईलाई चार्टमा माथि ल्याएको हो । फेब्रुअरी ४ देखि मार्च ३ सम्मको ‘युट्युब चार्ट’को डेटाअनुसार, एलिना चौंथो स्थानमा छिन् भने दुर्गेश छैटौं स्थानमा छन् । पहिलो स्थानमा भारतीय गायक अरिजित सिंह, दोस्रोमा अल्का यागनिक, तेस्रो उदितनारायण छन् । उदितपछि चार्टमा एलिना छिन् ।