बुधबार, फागुन २८ गते २०८१

बलिउड फिल्म ‘छावा’ले ‘पुष्पा २’लाई उछिन्यो

बलिउड फिल्म ‘छावा’ले ‘पुष्पा २’लाई उछिन्यो

अखबार दैनिक
बुधबार, फागुन २८ २०८१
  • बलिउड फिल्म ‘छावा’ले ‘पुष्पा २’लाई उछिन्यो

    बलिउड फिल्म ‘छावा’ले भारतीय बक्सअफिसमा अहिले पनि उत्तिकै चर्चा बटुलिरहेको छ । प्रदर्शनको २६ औं दिनमा पनि फिल्मले करोडौंको ब्यापार गरिरहेको छ । ४ सातामा यसले नाफा कमाउने मामिलामा अल्लु अर्जुनको ‘पुष्पा २’लाई पनि उछिनेको छ । यद्यपि, यो फिल्म श्रद्धा कपुर स्टारर ‘स्त्री २’ भन्दा पछाडि अवश्य छ । विश्वभर ७०० करोड र भारतमा ५०० करोड क्लबमा प्रवेश गरेको विक्की कौशलको फिल्मको व्यापार वास्तवमै अकल्पनीय छ ।

    images

    लक्ष्मण उतेकर निर्देशित फिल्म सन् २०२५ को हालसम्मको घरेलु र विश्वव्यापी बक्सअफिसमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ । फिल्मको बजेट १३० करोड भारु रहेको बताइएको छ । यस हिसाबले मुलुकमा मात्रै ४ गुणाभन्दा बढी कमाइ गरिसकेको छ ।

    सबैभन्दा पहिले, २६ औं दिनको कमाई गणना गरौं । भारतीय बक्सअफिसको डेटा मूल्यांकन गर्ने एजेन्सी सक्निल्कका अनुसार मंगलबार ‘छावा’ले मुलुकभर ५ करोड १५ लाख भारु नेट कमाएको छ । जसमध्ये हिन्दीमा करिब ४ करोड र तेलुगु संस्करणबाट १.१५ करोड रुपैयाँ कमाएको छ ।

    २६ दिनमा फिल्मको कुल कलेक्सन अहिले ५३०.९५ करोड भारु पुगेको छ । विश्वव्यापी कलेक्सनका हिसाबले ‘छावा’ले करिब ७२० करोड भारुको ग्रस कलेक्सन गरेको छ । जसमध्ये विदेशमा कुल आम्दानी करिब ८५ करोड ५० लाख भारु छ ।

    नाफाको हिसाबले यो फिल्मले अर्को बलिउड फिल्म ‘स्त्री २’बाहेक सन् २०२४ मा रिलिज भएका सबै फिल्मलाई पछाडि छाडेको छ । अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ पनि पछाडि परेको छ । १३० करोड भारु बजेटमा बनेको पिरियड ड्रामाले भारतीय बक्स अफिसमा हिन्दी संस्करणबाट करिब ३९० करोड भारु कमाएको छ । यो कमाइ लगानीको तुलनामा ३००५ प्रतिफल हो ।

    ‘पुष्पा २ः द रुल’ को कुल बजेट ४००-५०० करोड भारु थियो । हिन्दी संस्करणमा, यो फिल्मले ८१२.१४ करोड भारु लाइफटाइम कलेक्सन गरेको थियो । हिन्दी संस्करणको बजेट २०० करोड भारु मान्ने हो भने ‘पुष्पा २’ले लगानीमा ३०६.०७ प्रतिशत नाफा कमाएको थियो ।

    चाखलाग्दो कुरा के छ भने ‘छावा’ अहिले पनि हलमा चलिरहेको छ । ‘पुष्पा २’ को यो लाइफटाइम कलेक्सन हो । यसको अर्थ ‘छावा’को आम्दानीमा अझै वृद्धि हुने देखिन्छ । नाफा कमाउने खेलमा अल्लु अर्जुनको फिल्मलाई ‘छावा’ले हराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ