बुधबार, जेठ ९ गते २०८१

तीन स्रष्टाका कृति लोकार्पण

तीन स्रष्टाका कृति लोकार्पण

अखबार दैनिक
सोमबार, पुस ११ २०७९
  • तीन स्रष्टाका कृति लोकार्पण

    वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा माधव विडारीको ‘अनन्त यात्रा’ उपन्यास, रामचन्द्र दाहालको ‘सुजेरो’ कवितासङ्ग्रह र जिज्ञासु पौडेल तिलको ‘ज्वालामुखी’ मुक्तकसङ्ग्रहको लोकार्पण गरिएको छ । 

    images

    नेपाल स्रष्टा समाजले राजधानीमा आयोजना गरेकोे एक कार्यक्रममा ती पुस्तकको लोकार्पण गरिएको हो । 


    लोकार्पित कृतिहरुमाथि प्राडा सावित्री कक्षपति, प्राडा कृष्णप्रसाद दाहाल, प्राडा गोविन्दमानसिंह कार्की र डा. शान्तिमाया गिरीले समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा बागमती कलेजका अध्यक्ष सुरेन्द्र सिटौला, समाजका सल्लाहकार चन्द्रप्रसाद भट्टराईले शुभकामना व्यक्त गरेका थिए । 

    नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव प्रकाश घायल, मधु पाठक, लोकार्पित पुस्तकका लेखक माधव विडारी, रामचन्द्र दाहाल र जिज्ञासु पौडेल तिलकले मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार