बुधबार, जेठ ९ गते २०८१

नेपाल लिटरेचर फेस्टिभलमा गोपाल योञ्जनको ‘गोपालय’ सार्वजनिक

नेपाल लिटरेचर फेस्टिभलमा गोपाल योञ्जनको ‘गोपालय’ सार्वजनिक

अखबार दैनिक
शुक्रबार, पुस ८ २०७९
  • नेपाल लिटरेचर फेस्टिभलमा गोपाल योञ्जनको ‘गोपालय’ सार्वजनिक

    कास्की: नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ । 

    images

    पोखरामा भइरहेको दशौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक र नृत्यकार रञ्जु बालकोटीद्वारा हिजो पुस्तकको विमोचन गरिएको हो।


    पुस्तकमा योञ्जनले लेखेका दुई सय ४१ गीत समावेश रहेको प्रकाशक संस्था फाइन प्रिन्टले जनाएको छ । पच्चीस वर्षदेखिको खोज र सङ्कलनपछि गीत सङ्ग्रह ‘गोपालय’ तयार भएको योञ्जनकी धर्मपत्नी रिञ्छेनले बताउनुभयो ।

    यस सङ्ग्रहमा योञ्जनको चर्चित ‘मेरो गीत मेरै प्रतिविम्ब हैन’ लगायत गीत समावेश छन् । योञ्जनले लेखेका मायाप्रेम, आध्यात्म, दर्शन, बाल मनोविज्ञान, नारी सचेतना र राष्ट्रभक्तिले ओतप्रोत गीत सङ्ग्रहित गरिएको धर्मपत्नी रिञ्छेनले उल्लेख गर्नुभयो । गीत सङ्ग्रह निकाल्ने धेरै पहिलेदेखिको आफ्नो सपना पूरा भएको भन्दै उहाँले योञ्जनमाथि अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । 

    योञ्जनका गीत र व्यक्तित्वबारे कवि विप्लव प्रतीकले आफ्नो धारणा राख्नुभएको थियो । योञ्जनलाई कविका रुपमासमेत उहाँले चिनाउनुभयो । योञ्जनका गीतमा कवितात्मक भाव, शैली र सामार्थ्य पाइने प्रतीकको भनाइ थियो । कार्यक्रममा योञ्जनद्वारा रचित र सङ्गीतबद्ध गीतलाई गायक कर्म ग्याल्जेन र गायिका वानिका प्रधानले प्रस्तुत गर्नुभएको थियो । 

    योञ्जनको २५औँ स्मृति वर्ष पारेर फेस्टिभलमा उहाँका गीतको साङ्गीतिक प्रस्तुति ‘गोपालय’ पनि राखिएको थियो । ‘यति चोखो, यति मिठो’, ‘हिमालसरि म’, ‘तिम्रो जस्तो मुट’लगायत योञ्जनका चर्चित गीत कार्यक्रममा प्रस्तुत गरिएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार