शुक्रबार, कात्तिक १६ गते २०८१

पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ५४ वन्यजन्तु मरे

पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ५४ वन्यजन्तु मरे

अखबार दैनिक
शुक्रबार, पुस १ २०७९
  • पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ५४ वन्यजन्तु मरे

    चितवन: चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गएको साउनयता ती वन्यजन्तु मरेका हुन् ।

    images

    तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट   मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई  जनावर मरेका छन् ।  मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२  चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।


    तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परि २०, दलदलमा परेर र सडक दुर्घटनामा परि एकरएक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एकरएक गैँडा मरेको उहाँले बताउनुभयो । घडीयाल गोही र गौरीगाई तीनरतीन  प्राकृतिक कारणले मरेका छन् ।

    हात्ती, जरायो, बँदेल, कछुवा दुईरदुई वटा पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस एकरएक वटा मरेका छन् । यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न पाएका छैनन् । निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरी सिकारीले मार्न नसकेको उहाँले बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार