शुक्रबार, चैत १ गते २०८१

१० वर्षीया बालिका बलात्कारको आरोपमा सशस्त्रका सई

१० वर्षीया बालिका बलात्कारको आरोपमा सशस्त्रका सई

अखबार दैनिक
शुक्रबार, चैत १ २०८१
  • १० वर्षीया बालिका बलात्कारको आरोपमा सशस्त्रका सई

    महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ ।

    images

    सई सिंह वडा नम्बर ४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन् । उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन् ।

    स्थानीयहरूले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ । तोडफोडको प्रयास गरेपछि त्यहाँ स्थानीय र प्रहरीबीच तनाव पनि देखिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुव्र्यवहार भएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ