शुक्रबार, कात्तिक १६ गते २०८१

जग्गा विवादमा कुटपिट गरी वृद्धाको हत्या

जग्गा विवादमा कुटपिट गरी वृद्धाको हत्या

अखबार दैनिक
बुधबार, मंसिर २८ २०७९
  • जग्गा विवादमा कुटपिट गरी वृद्धाको हत्या

    सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट गरी चक्रघट्टा गाउँपालिका २ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या भएको छ । हत्या अभियोगमा सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    images

    पुकार राय, उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी रायसमेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । घटनामा संलग्न हाल फरार जितेन्द्र र अनिताको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार