शुक्रबार, कात्तिक १६ गते २०८१

विवाह भएको ७ महिनामै शङ्कास्पद मृत्यु

विवाह भएको ७ महिनामै शङ्कास्पद मृत्यु

अखबार दैनिक
बिहीबार , मंसिर २२ २०७९
  • विवाह भएको ७ महिनामै शङ्कास्पद मृत्यु

    काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानी घर भएकी दीपा पराजुली थापाको शङ्कास्पद मृत्यु भएको छ । मङ्सिर १९ मा चिसापानी स्थित घर नजिकै जङ्गलमा नेलको रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटियो ।

    images

    २०७९ वैशाख अन्तिमतिर चिसापानी घर भएका ३० वर्षीय सुन्दर थापासँग उनको विवाह भएको थियो । विवाह भएको ७ महिनामा उनले ज्यान गुमाएकी हुन् । २५ वर्षीया दीपाको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

    चन्द्रागिरि नगरपालिका–१२ स्थित जम्बुटोल उनको माइती हो । दीपाका माइती पक्षले उनको हत्या भएको दाबी गरेका छन् । दीपाका श्रीमान् सुन्दर थापालाई ‘ज्यान सम्बन्धी कसुर’मा मुद्दा चलाउन माइती पक्षले माग गरेर सङ्घर्ष गरिरहेका छन् ।

    पैसाको लागी टर्चर दिएर सुन्दर थापाले छोरीको हत्या गरेको दीपाका बुवा रत्नप्रसाद पराजुलीले बताए । उनले भने–‘मेरी छोरीको हत्या भएको हो, निष्पक्ष अनुसन्धान गरेर कारबाही हुनुपर्छ ।’

    दीपाका श्रीमान् सुन्दरलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार