शुक्रबार, मंसिर ११ गते २०८३

तत्काल होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने निर्णय फिर्ता लिन सरकारलाइ नेपाली कांग्रेसको माग

तत्काल होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने निर्णय फिर्ता लिन सरकारलाइ नेपाली कांग्रेसको माग

अखबार दैनिक
शुक्रबार, मंसिर ११ २०८३
  • तत्काल होल्डिङ सेन्टरबाट सुकुमवासीलाई  हटाउने निर्णय फिर्ता लिन सरकारलाइ नेपाली कांग्रेसको माग

    काठमाडौं ११ मंसिर, नेपाली कांग्रेसले सुकुमवासी बस्तीबाट विस्थापित भएका नागरिकलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

    बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सरकारको उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित र सम्मानजनक पुनर्वास सुनिश्चित गर्न माग गरेको हो ।

    बैठकपछि जारी विज्ञप्तिमा सरकारले सुकुमवासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिए पनि महिनौँसम्म अनिश्चिततामा राखेको र अहिले अस्थायी आश्रयसमेत खोस्न खोजेको उल्लेख गरिएको छ ।

    कांग्रेसले सरकारको निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन तथा सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको छ । घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व भएको भन्दै उनीहरूलाई थप समस्यामा पार्ने काम नगर्न सरकारलाई आग्रह गरेको छ ।

    भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानमार्फत सम्बोधन गर्नुपर्ने कांग्रेसको भनाइ छ ।

    यसैबीच, होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार