शुक्रबार, मंसिर ११ गते २०८३

कांग्रेसको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले गर्‍यो अध्यावधिक

कांग्रेसको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले गर्‍यो अध्यावधिक

अखबार दैनिक
बुधबार, मंसिर ९ २०८३
  • कांग्रेसको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले गर्‍यो अध्यावधिक

    काठमाडौं ०९ मंसिर,नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक रूपमा अध्यावधिक गरेको छ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको विवरण आयोगमा अध्यावधिक गरिएको जानकारी दिएका हुन्।

    कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २० पदाधिकारीसहित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

    नयाँ कार्यसमिति अध्यावधिक गराउन प्रधानमन्त्री प्रदीप पौडेलले कात्तिक १६ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा आयोगले नयाँ कार्यसमितिको विवरण अध्यावधिक गरेको हो।

    यससँगै निर्वाचन आयोगको अभिलेखमा कांग्रेसको नयाँ नेतृत्व औपचारिक रूपमा अद्यावधिक भएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार