काठमाडौं ११ मंसिर, राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यसअघि बिहीबार सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्री शाहको भारतको औपचारिक भ्रमणलगायतका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै लामिछानेले राष्ट्रपतिसँग भेट गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस