शुक्रबार, मंसिर ११ गते २०८३

पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी

पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी

अखबार दैनिक
बिहीबार , मंसिर १० २०८३
  • पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी

    कर्णाली, १० मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी भएको छ । सुदूरपश्चिमलाई छ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णाली प्रदेश विजयी भएको हो ।    
        
    प्रतियोगिताअन्तरगत पुरुष फुटबल, पौडी, महिला क्रिकेट तथा बास्केटबल र टेनिस खेलमा निराशाजनक नतिजा निकालेको कर्णालीले पुरुषतर्फको क्रिकेटमा भने पहिलो जीतसँगै उत्साहजनक सुरुआत गरेको छ । आजको खेलमा कर्णालीका विपिन रावलको योगदानले सुदूरपश्चिमलाई छ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।    
        
    कूल १२८ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि विपिनले ३५ बलमा ६० रन बनाए । ओपनर दिनेश रावत गोल्डेन डक भएपछि केही धर्मराएको कर्णालीका लागि दिनेश अधिकारीले १५ र मनिष थापा तथा कप्तान रवीन्द्रजङ्ग शाहीले समान १३–१३ रन जोडे ।    
        
    टस हारेर पहिला ब्याटिङको निम्ता पाएको छिमेकी टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन जोडेको थियो । सुदूरपश्चिमका लागि अभिषेक पालले २८ रन जोड्दा दीपक बोहराको खातामा १८ रन रह्यो ।    
        
    सुदूरपश्चिमलाई सुरुदेखि नै दवाबमा राखेको कर्णालीका लागि दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई–दुई विकेट लिएका थिए ।  रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ