शुक्रबार, वैशाख २१ गते २०८१

गोरखामा लुकाइ राखेको अवस्थामा ढुङ्गा र बालुवा फेला

गोरखामा लुकाइ राखेको अवस्थामा ढुङ्गा र बालुवा फेला

अखबार दैनिक
सोमबार, फागुन २९ २०७९
  • गोरखामा लुकाइ राखेको अवस्थामा ढुङ्गा र बालुवा फेला

    गोरखा । गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ स्थित माथिल्लो ठेउवाटारमा अवैधरुपमा त्रिशूली नदीबाट उत्खनन गरिएको ढुङ्गा फेला परेको छ । गाउँपालिकाले आइतबार गरेको अनुगमनका क्रममा स्थानीय मोहन रानाको आर्थिक लगानीमा ९०० घनमिटर ढुङ्गा सङ्कलन भएको पाइएको हो। 

    images

    रानाले रिसोर्ट निर्माण प्रयोजनका लागि ढुङ्गा सङ्कलन गरिएको बताएका छन् । ट्याक्टर भएकालाई आफूले ढुङ्गा ल्याइदिन अनुरोध गरेको बताउँदै रानाले  उनीहरुलाई प्रतिटिप तीन हजारका दरले भुक्तानी गरेको बताए । 'उहाँहरूले पालिकामा राजश्व तिर्नुपर्छ भन्नुभएको थियो, तिर्नुभयो -भएन मलाइ थाहा छैनु', उनले भने । 

    कसले रिसोर्ट निर्माण गर्दै छ भन्ने विषयमा भने आफूलाई थाहा नभएको रानाले बताए । स्थानीय भएको कारण आफूले संयोजन गरेको तर सबै कुरा जानकारी नभएको उनको भनाइ छ । 

    यसैगरी ठेउवाटारस्थित लामसोतीमा सुनिल गुरुङले त्रिशूली नदीबाट तीन सय घनमिटर बालुवा र ६०० घनमिटर ढुङ्गा ल्याइ भण्डारण गरेर राखेको पाइएको छ ।  गुरुङले सो स्थानमा इको भिलेज कम्पनी प्रा.लि.सञ्चालन गर्दै आएका छन् । मोहन रानाको समूहले त्रिशूलीबाट ढुङ्गा उठाउन थालेपछि आफूहरूले पनि सोही मौकामा उठाएको कम्पनीका कर्मचारीहरूले बताएका छन् । 

    कम्पनीले जग्गा खरिद गरी तरकारी र फलफूल उत्पादन गर्दै आएको पाइएको छ । राजश्व छली गरी नदी दोहन गरेको सूचना प्राप्त भएसँगै प्रहरी सहित गाउँपालिकाबाट खटिएको टोलीले स्थलगत अनुगमन गरेको थियो । सरकारको नियम विपरीत काम गर्नेलाइ कारवाही  गर्नुपर्ने स्थानीय नागरिकहरुले बताएका छन् । स्थानीयको नाममा बाहिर रहेका मानिसहरुले गाउँको बद्नाम गरेको उनीहरुको भनाइ छ । 

    गाउँपालिकाको जग्गा भाडा लिए पनि भाडा नदिएको तर उल्टै ढुङ्गा, बालुवा चोरीमा संलग्न भएकोले नियमानुसार प्रक्रिया अघि बढाउनुपर्ने स्थानीय नागरिकहरूको माग रहेको छ । सो क्षेत्रका गाउँलेहरू अधिकांश तरकारी खेतीमा संलग्न रहँदै आएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने ठेउवाटार शहिद लखन वडा नम्बर ४ मा पर्दछ । पृथ्वी राजमार्गबाट नजिकै रहेको यस क्षेत्रको सिमाना त्रिशूली नदीले छुट्याएको छ । 

    गाउँपालिका इन्जिनियर मेघनाथ यादव, जनप्रतिनिधि ज्ञानुमाया सुनार सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार