काठमाडाैं । आगामी २६ जुलाई २०२५ मा हुन गइरहेको NRNA Australia – Western Australia को निर्वाचनलाई लक्षित गर्दै, सुमन पौडेल (काला) ले Youth Deputy Coordinator पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका छन्।
पौडेलले NRNA लाई प्रवासी नेपालीहरूको साझा पहिचान र भविष्य निर्माणको मुख्य आधारको रूपमा व्याख्या गर्दै, अबको नेतृत्वमा युवाको प्रतिनिधित्व, समावेशिता र उत्तरदायित्व अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।
“NRNA केवल संस्था होइन — यो हाम्रा सपना र सम्भावनाको साझा केन्द्र हो” अष्ट्रेलियामा बसोबास गर्दै नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहँदै, विभिन्न कार्यक्रम, अभियान र सहकार्यहरूमा सक्रिय रहेका सुमनले अब आफ्ना अनुभव, ऊर्जा र सेवाभावलाई संस्थागत रूपमा प्रयोग गर्ने समय आएको बताएका छन्।
“युवाको आवाज, सामुदायिक समृद्धि” भन्ने मूल नारासहित अगाडि बढेका उनले सबैको साथ, सुझाव र विश्वासमा आधारित रूपमा नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन्।
सुमन पौडेल (काला) का प्रतिबद्धताहरू:
युवाहरूको आवाजलाई संस्थागत बनाउने
समुदायलाई अझ संगठित र समृद्ध बनाउने
सबैको सहभागिता र सुझावमा आधारित नेतृत्व विकास गर्ने
सांस्कृतिक जगेर्ना र सामाजिक एकता प्रवर्द्धन गर्ने
उनको अपिल:
“NRNA हाम्रो भविष्य हो। यो संस्थालाई जिम्मेवार, युवा–मैत्री र सहभागी बनाउने जिम्मेवारी हामी सबैको हो। म तपाईंहरूको साथ, सुझाव र अमूल्य मतको हार्दिक अपेक्षा गर्दछु।”
— सुमन पौडेल (काला)