मंगलबार, असार २५ गते २०८२

अमेरिकाको टेक्सास बाढीः मृत्यु हुनेको संख्या १०० नाघ्यो

अमेरिकाको टेक्सास बाढीः मृत्यु हुनेको संख्या १०० नाघ्यो

अखबार दैनिक
मंगलबार, असार २५ २०८२
  • अमेरिकाको टेक्सास बाढीः मृत्यु हुनेको संख्या १०० नाघ्यो

    अमेरिकी राज्य टेक्सासमा आएको बाढीमा १०० भन्दा बढीको मृत्यु भएको छ। यसबाहेक, ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेहरूमा कम्तिमा २७ जना महिला र कर्मचारीहरू छन् । केही बालबालिकाको पनि ज्यान गएको समाचारमा उल्लेख छ ।

    images

    केर काउन्टीको ग्वाडालुप नदीमा एको बाढीका कारण मात्रै कम्तिमा ८४ जनाको मृत्यु भएको छ । जसमा २८ बालबालिका र ५६ वयस्कहरू समावेश छन् ।  काउन्टी शेरिफको कार्यालयले २२ वयस्क र १० बालबालिकाको अझै पहिचान नभएको रिपोर्ट गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ