काठमाडौँ । काठमाडौँ महानगरपालिका कार्यालय अगाडि मंगलबार प्रदर्शन गरिएको छ । उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीको जमिन कब्जा गरेको भन्दै पहिचान गरेर उनीहरुलाई कारवाही गर्न माग गरेको हो ।
महानगरअगाडि प्रदर्शन गरेपछि समितिले मेयर बालेन्द्र साहलाई ध्यानकर्षण पत्र बुझाएको छ । ‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता, सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न महानगर एक इन्च पनि पछि नहटोस्’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।