शुक्रबार, कात्तिक १६ गते २०८१

बिहे रद्द भएपछि केटाको घरमा युवतीले गरिन् आत्मदाह

बिहे रद्द भएपछि केटाको घरमा युवतीले गरिन् आत्मदाह

अखबार दैनिक
मंगलबार, मंसिर २० २०७९
  • बिहे रद्द भएपछि केटाको घरमा युवतीले गरिन् आत्मदाह

    काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी थिइन् । बिहे रद्द भएपछि केटाको घरमा पुगेर आत्मदाह गरेकी युवतीको मृत्यु भएको छ । परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन् ।

    images

    प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो । त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। सोमबार बिहान पुष्पाको मृत्यु भएको हो ।

    केही समयदेखि प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार