तनहुँको आँबुखैरेनी गाउँपालिकामा अवस्थित ऐनापहरा झरनामा स्काइवाक गर्दै पर्यटक। पछाडिपट्टि देखिएको मनोरम झरनाको दृश्यले पर्यटकलाई थप आकर्षित गरेको छ। साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको ऐनापहरा झरनामा स्काइवाक गर्न पर्यटकले रु २५० को टिकट लिनुपर्ने छ। पछिल्लो समय आँबुखैरेनी गाउँपालिकाको मातहतमा रहेको यस क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।


प्रतिक्रिया दिनुहोस