शुक्रबार, भदौ १२ गते २०८३

गोरखाको गण्डकी गाउँपालिकाद्वारा सतर्कता अपनाउन आग्रह

गोरखाको गण्डकी गाउँपालिकाद्वारा सतर्कता अपनाउन आग्रह

अखबार दैनिक
बुधबार, भदौ १० २०८३
  • गोरखाको गण्डकी गाउँपालिकाद्वारा सतर्कता अपनाउन आग्रह

    गोरखा, १० भदौ । गोरखाको गण्डकी गाउँपालिकाले त्रिशूली नदीको तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    भोटेकोशी नदीको रसुवागढी क्षेत्रमा तिब्बततर्फबाट ठूलो बाढी आएको सूचना प्राप्त भएपछि त्रिशूली नदीमा समेत पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

    गाउँपालिकाले त्रिशूली नदीको तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण घरपरिवारलाई सुरक्षित स्थानमा रहन र आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ।

    सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई नदी किनारमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत गाउँपालिकाले अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ