शुक्रबार, भदौ १२ गते २०८३

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन छलफल : मेयरहरूसँग आशिकाको चर्काचर्की

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन छलफल : मेयरहरूसँग आशिकाको चर्काचर्की

अखबार दैनिक
शुक्रबार, भदौ ५ २०८३
  • बञ्चरेडाँडाको फोहोर व्यवस्थापन छलफल : मेयरहरूसँग आशिकाको चर्काचर्की

    ५ भदौ, काठमाडौं । बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा सांसद आशिका तामाङसँग स्थानीय तहका प्रमुख (मेयर) हरूको चर्काचर्की भएको छ ।

    सिंहदरबारमा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं उपत्यका सहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिबीच छलफल आयोजना गरेका थिए ।

    उक्त छलफलमा रास्वपा सांसद तामाङ पनि सहभागी थिइन् । सो क्रममा जनप्रतिनिधिसँग सांसद तामाङको भनाभन भएको हो ।

    चर्काचर्कीपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितले उनलाई सम्झाउन खोजेका थिए ।

    यद्यपि सांसद तामाङ भने थप आक्रोशित बनिन् ।

    ‘त्यतिकै बेस्सरी कराएर हुन्छ ?

    मेयरसाबलाई कराएर हुन्छ ?,’

    मेयर महर्जनले सांसद तामाङलाई प्रश्न गरेका थिए ।

    सो प्रश्नको जवाफमा प्रतित्यूर दिँदै सांसद तामाङले भनिन्, ‘आउनु पर्‍यो नि ।’

    पुन: मेयर महर्जनले जवाफ फर्काउँदै भने, ‘आउँदै हुनुहुन्छ त ।’

    लगत्ततै ‘बञ्चरेडाँडका मान्छे होइन ?,’ तामाङले प्रश्न गरिन् ।

    अहिलेसम्म स्थानीय सरकार आँखा चिम्लिएको आरोप उनले लगाएकी थिइन् । भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिँदै सांसद तामाङले बैठक नै छाडेर हिंडिन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ