शुक्रबार, भदौ १२ गते २०८३

नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

अखबार दैनिक
सोमबार, भदौ ८ २०८३
  • नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

    काठमाडौँ, ८ भदौः अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ टोलीले होबार्ट हुरिकेन्स एकेडेमीलाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको हो ।    
        
     नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा छ चौकाको सहयोगमा ३९ रन जोडेका हुन् । त्यस्तै मायन यादवले ३१ रन बनाए भने कप्तान अनिल साहले २८ तथा लोकेश बम २० रनमा अविजित रहे । त्यसैगरी तृतराज दासले १०, नारायण जोशीले चार, पवन सर्राफले तीन, बिपिन खत्रीले दुई तथा युवराज खत्रीले र शाहब आलमले समान एक/एक रन जोडे ।    
        
     बलिङतर्फ होबार्ट हुरिकेन्स एकेडेमीका राफ म्याकमिलनले सर्वाधिक तीन विकेट लिए भने मार्कस बिनले दुई विकेट झारे । त्यस्तै ब्राड्ली होप र निवेथन राधाकृष्णनले समान एक/एक विकेट लिए । 

    जबाफी ब्याटिङमा ६ ओभरमा १ विकेट क्षेतीमा होबर्ट हुरिकान्सले ४७ रन बनायर खेल्दै छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ