शुक्रबार, जेठ ४ गते २०८१

मुलुकका ६ सय ४९ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १०/१० लाख छुट्टायाईयो

मुलुकका ६ सय ४९ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १०/१० लाख छुट्टायाईयो

अखबार दैनिक
शुक्रबार, असोज २ २०७७
  • मुलुकका ६ सय ४९ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि  १०/१० लाख छुट्टायाईयो

    २ असोज, काठमाण्डौं । सरकारले मुलुकका ६ सय ४९ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि रकम छुट्याएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि १० लाख रुपैयाँ बजेट उप्लब्ध गराउने निर्णय भएको छ ।

    स्थानीय तहमा कोभिड १९ अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन २०७७ जारी गर्दै मन्त्रालयले स्थानीय तहलाई बजेट उपलब्ध गराउने भएको हो ।

    आइभि स्ट्यान्ड बेडका लागि ५ लाख, औषधिका लागि ५० हजार र एक चिकित्सक, दुई जना स्टाफ नर्स र एक जना असिस्टेन्ट करारमा नियुक्त गर्न ४ लाख ५० हजार छुट्याएको जनाईएको छ ।

    बजेट अपुग भए स्थानीय तह आफैले व्यवस्थापन गर्नु पर्ने गरी मार्गदर्शन जारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्यकर्मी करारमा लिनु नपर्ने भए स्थानीय तहको कार्यपालिकाको निर्णय अनुसार अस्पतालका लागि आवश्यक औजार÷उपकरण खरिद गर्न बजेट खर्च गर्न सकिने जनाईएको छ

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ