काठमाण्सडौं / माजवादी पार्टी फुटाउने उद्देश्यले पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवलाई जबर्जस्ती काठमाडौं ल्याइएको घटना यतिखेर छताछुल्ल भएको छ यो घटना एउटा पेचिलो र जवरजस्त बहसको बिषय बनेको छ । अपहरणका योजनाकारको रूपमा सत्तारुढ दलका दुई सांसद र पूर्वआइजिपीको नाम किटान गरिएको उजुरी काठमाडौं प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
यसै बिषयलाई लिएर जनता समाजवादी पार्टीका युवा नेता बिश्वदिप पाण्डेले सामाजाकि संजाल आफ्नो फेशबुकमा आक्रोष पोख्दै सरकारको तौरतरिकाको बिरोध गर्नु भएको छ उहाँ लेख्नु हुन्छ
१.“
चितवनको घटनामा रवि लामिछानेविरुद्ध काठमाडौंमा उजुरी लिएको सर्वेन्द्र खनालले नै हो । अहिले सर्वेन्द्रलगायत विरुद्धको मुद्दामा नेपाल प्रहरीले काठमाडौंमा जाहेरी लिन किन नहुने ? नेपाल प्रहरीमाथि प्रम ओलीको दबाब परेको हो त ? यस्तो गुण्डाराज कहिलेसम्म ?
२.
देशमा ओलीको गुण्डाराज हावी भयो । तर सबै निश्चिन्त रहनुस् - हामी राजनीतिक, कानूनी लगायत सबैखाले बाटो अपनाएर ओलीले स्थापित गर्न खोजेको गुण्डाराजलाई परास्त गरेरै छोड्छौं । ओली गुण्डाराज परास्त नभएसम्म हामी पछि हट्नेवाला छैनौं ।

यसैगरि चर्चित पत्रकार रवि लामिछानेले पनि सरकारको यस्तो गतिविधि ठिक नभएको भन्दै फेशबुकमार्फत आक्रोश पोख्दै लेखेका छन कानुन यहाँ कसलाई हो ?
हेर्नुस उहांकै शब्दमा
“चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने,उहाँहरुको विरुद्धमा नमिल्ने?उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला?कानुन सानालाई मात्रै?अराजकताको खाल्डो यति ठुलो नखान्नुस,पुरिने तापाईहरु आफै हो।

प्रहरीले भने सांसदलाई महोत्तरीबाट ल्याइएकाले आफ्नो कार्यक्षेत्रमा नपर्ने दाबी गरेको छ । काठमाडौैं परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने, ‘घटनाको सुरुवात महोत्तरी भएकाले हामीले जाहेरी दर्ता नगरेका हौँ ।’
तर, प्रहरीले उजुरी लिन अस्वीकार गरे अन्य हुलाकमार्फत पनि पठाउन सकिने व्यवस्था मुलुकी अपराध संहितामा छ ।