मंगलबार, असार २५ गते २०८२

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

अखबार दैनिक
मंगलबार, असार २५ २०८२
  • सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले क्षति पु¥याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

    images

    सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको हो । उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरणलाई प्रभावकारी रुपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध पनि गर्नुभएको छ । उक्त बाढीमा परेर हालसम्म छ चिनियाँ नागरिकसहित १८ जना हराइरहेका छन्भने नौ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ