सोमबार, भदौ ३१ गते २०८१

सुआरेजद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा

सुआरेजद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा

अखबार दैनिक
मंगलबार, भदौ १८ २०८१
  • सुआरेजद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा

    काठमाडौं । उरुग्वेका स्टार स्ट्राइकर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने भएका छन् । उनले विश्वकप छनोट अन्तर्गत पाराग्वेविरुद्धको खेलपछि संन्यास लिने भएका हुन् । सुआरेजले शनिबार हुने पाराग्वेविरुद्धको खेल आफ्ना लागी अन्तिम अन्तरार्ष्ट्रिय खेल हुने बताएका हुन् । उरुग्वेका लागी १ सय ४२ खेल खेलेका ३७ वर्षीय सुआरेजले सन् २००७ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।

    images

    उनी २०१० विश्वकपको सेमिफाइनलसम्म पुगेको उरुग्वे फुटबल टिमको प्रमुख सदस्य थिए । २०११ मा उरुग्वेलाई कोपा अमेरिका जिताउन सुआरेजले महत्पुर्ण भुमिका खेलेका थिए । १७ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा ६९ गोल गरेका सुआरेज आफ्नो देशका लागी सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । उरुग्वेले शनिबार फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पाराग्वेसँग प्रतिस्पर्धा गर्दैछ । त्यसको ४ दिनपछि उरुग्वेले भेनेजुएलाको सामना गर्नेछ ।

    सुआरेज गत वर्ष मेजर लिग सकर टोली इन्टर मायामीमा समेल भएका थिए । जहाँ उनले बार्सिलोनाका पूर्व सहकर्मी लियोनेल मेस्सी, सर्जियो बुस्केट्स र जोर्डी अल्बासँग पुन सहकार्य गरिरहेका छन् । सुआरेजले यस अघि नै मायामी आफ्नो अन्तिम क्लब हुने बताइसकेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ