आइतबार, भदौ २३ गते २०८१

भेनेजुएलालाई हराउँदै क्यानडा कोपाको सेमिफाइनलमा

भेनेजुएलालाई हराउँदै क्यानडा कोपाको सेमिफाइनलमा

शनिबार, असार २३ २०८१
  • भेनेजुएलालाई हराउँदै क्यानडा कोपाको सेमिफाइनलमा

    २२ असार, काठमाडौं । क्यानडा कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    शनिबार बिहान भएको क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै पहिलो पटक कोपा खेलिरहेको क्यानडाले अन्तिम चारको यात्रा तय गरेको हो ।

    अब सेमिफाइनलमा क्यानडाले साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ ।

    सुरुआती पाँच पेनाल्टी प्रहार गर्दा दुवै टिमले ३-३ गोल गरेका थिए । भेनेजुएलाका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुके । त्यसपछि क्यानडाका लागि अन्तिम पेनाल्टी प्रहार गरेका स्माएल कोनेल गोल गर्दै जित दिलाए ।

    त्यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा गएको थियो ।

    १४औं मिनेटमा ज्याकोब साफेलबर्गले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । तर भेनेजुएलाका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

    कोपा बाँकी क्याटरफाइनलमा आइतबार बिहान कोलम्बिया र पानामा तथा उरुग्वे र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ