मंगलबार, असार २५ गते २०८२

बेत्रावती–स्याफ्रुवेशी सडक खण्डको बेलिब्रिज बग्यो

बेत्रावती–स्याफ्रुवेशी सडक खण्डको बेलिब्रिज बग्यो

अखबार दैनिक
मंगलबार, असार २५ २०८२
  • बेत्रावती–स्याफ्रुवेशी सडक खण्डको बेलिब्रिज बग्यो

    काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुमा रहेको बेलिब्रिज बाढीले बगाएको छ । नेपाली सेनाको पोस्ट अगाडि रहेको बेत्रावती–स्यफ्रुवेशी नयाँ सडक खण्डमा पर्ने त्रिशूलीको बेलिब्रिज मंगलबारको बाढीले बगाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    images

    सो ठाउँमा नवनिर्मित पक्की पुलमा लेदो जम्मा भएको हुनाले यातायात आवागमनमा समस्या भएको छ । त्यस्तै त्रिशूली थ्रि–ए आयोजनाको ड्याममा पनि क्षति पुगेका सशस्त्र प्रहरी बलले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ