काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् ।उनीहरुलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ खुवाएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए ।शपथपछि उनीहरुको आजै इजलास समेत तोकिएको छ ।