काठमाडौं। विश्वकप क्वालिफायरमा नेपालले वेस्टइन्डिजविरुद्ध चौथो विकेट लिएको छ। तर, यो निकै ढिलो भएको छ ।
दिपेन्द्र सिंह ऐरीले निकोलस पुरनको विकेट लिएका हुन् । यद्यपी उनले शतक प्रहार गरिसकेका थिए । पुरन ११५ रन बनाएर आउट भए ।
कमजोर सुरुवातका बाबजुद वेस्ट इन्डिजले ठुलो स्कोर बनाएको छ । क्रिजमा रहेका शे होपले पनि शतक प्रहार गरिसकेका छन् ।
नेपालले साढे ३ सय हारहारीमा लक्ष्य पाउने सम्भावना छ ।