काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको छ । १५ चैतमा भएको ‘हिंसात्मक’ आन्दोलनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुरुमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवल शमशेर राणासहित ४१ जनालाई पक्राउ गरेको थियो । त्यसपछि पनि विभिन्न ठाउँहरूबाट थप व्यक्ति प्रहरीले निरन्तर पक्राउ गरेको थियो ।
अहिलेसम्म ६७ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।
यो प्रदर्शनका मुख्य व्यक्ति मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भने भने अहिलेसम्म फरार छन् ।