बुधबार, चैत २० गते २०८१

राष्ट्रिय क्रिकेट टिमको जर्सीका लागि प्रायोजकका खोजीमा क्यान

राष्ट्रिय क्रिकेट टिमको जर्सीका लागि प्रायोजकका खोजीमा क्यान

अखबार दैनिक
सोमबार, चैत ११ २०८१
  • राष्ट्रिय क्रिकेट टिमको जर्सीका लागि प्रायोजकका खोजीमा क्यान

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको जर्सीका निम्ति प्रायोजकको खोजी सुरु गरेको छ । राष्ट्रिय पुरुष टिमको जर्सी प्रायोजनका निम्ति क्यानले सोमबार (चैत ११)दरखास्त आह्वान गरेको हो । 

    images

    राष्ट्रिय टिमको जर्सीका निम्ति कुनै संस्था वा कम्पनीले एक वर्षको कम्तीमा दुई करोड रुपैयाँ प्रायोजन गर्नुपर्छ । तीन वर्षको अवधि रहने गरी हुने उक्त सम्झौताअनुसार वार्षिक १० प्रतिशत प्रायोजन रकम बढ्ने क्यानले जनाएको छ । क्यानले बोलपत्रको समयावधि अप्रिल ११ सम्म राखेको छ । बोलपत्र आह्वानमा सहभागी हुने कम्पनीले ३० हजार रुपैयाँ डिपोजिट गर्नुपर्ने क्यानले जनाएको छ ।

    1742801013-F0kjS.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ