शनिबार, वैशाख २२ गते २०८१

पानी अभाव झेल्दै मान्मवासी

पानी अभाव झेल्दै मान्मवासी

अखबार दैनिक
मंगलबार, जेठ ९ २०८०
  • पानी अभाव झेल्दै मान्मवासी

    जेठ ९ कालीकोट । कालीकोट जिल्ला सरदमुकाम मान्मवासीले लामो समयदेखि पिउने पानीको समस्या झेल्दै आए पनि त्यसको दिगो समाधानतर्फ ध्यान जान सकेको छैन। सदरमुकाममा बढ्दो जनसङ्ख्या, पानीको स्थायी स्रोतको अभाव, अव्यवस्थित बसोबासले पानीको समस्यालाई अझ चर्काएको छ। २०६७ सालयता सदरमुकामवासीले पानी अभाव झेल्दै आएको बताइन्छ। 

    images

    प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार हप्ताको तीन दिन धारामा आउने पानीले सदरमुकावासीलाई अपुग हुने गरेको छ। गाडीबाट पानी ओसारेर सदरमुकामवासीलाई पानी आपूर्ति गर्दै आएको बताइन्छ। उहाँका अनुसार कार्यालयमा दैनिक आउने सेवाग्राहीका लागि शौचालयमा प्रयोग गर्नसमेत पानी छैन। गाडीमार्फत खोलाबाट पानी ल्याएर शौचालयमा राखिएको छ।

    खाँडाचक्र  नगरपालिका–१, मान्मबजारका नरेन्द्र न्यौपानेले नियमित मर्मत नहुँदा सधैँ समस्या भइरहेको बताउनुभयो। खानेपानीको समस्या नयाँ नभए पनि समाधानका लागि नगरपालिका एवं अन्य निकायबाट खासै पहल नभएको गुनासो उहाँको छ।   

    प्रतिक्रिया दिनुहोस

    थप समाचार