बुधबार, मंसिर ९ गते २०८३

आफ्नै बलात्कार मुद्दासँग जोडेर पलले ल्याए ‘तिमीलाई हेर्ने बानी पर्‍याे’ को म्युजिक भिडिओ

आफ्नै बलात्कार मुद्दासँग जोडेर पलले ल्याए ‘तिमीलाई हेर्ने बानी पर्‍याे’ को म्युजिक भिडिओ

अखबार दैनिक
शुक्रबार, वैशाख २९ २०८०
  • आफ्नै बलात्कार मुद्दासँग जोडेर पलले ल्याए ‘तिमीलाई हेर्ने बानी पर्‍याे’ को म्युजिक भिडिओ

    काठमाडौं । जेलबाट छुटेपछि पल शाहले अभिनय गरेको पहिलो ‘म्युजिक भिडिओ’ सार्वजनिक भएको छ । गीत पुरानै भए पनि भिडिओका कारण यसले चर्चा बटुल्न सक्छ ।

    ‘तिमीलाई हेर्ने बानी पर्‍यो…’ बोलको हिट गीतको फिमेल भर्सनमा पलले अभिनय गरेका हुन् । प्रेमिल भावमा रचिएको गीतलार्ई भिडियोमा ट्वीस्ट गर्दै पलको बलात्कार मुद्दासँग जोडिएको छ ।

    पक्राउ परेपछि पललाई प्रहरीले अदालत लैजाँदाको दृष्य जस्ताको तस्तै उतार्न खोजिएको छ । उक्त दृष्यमा पल त्यही पहिरनमा छन्, जुन पहिरनमा उनी त्यसबेला अदालत लैजाँदा थिए ।

    पल पक्राउ परेपछि आमा र बहिनी प्रहरी कार्यालय पुगेको दृष्यबाट भिडियो सुरु हुन्छ । त्यसपछि भिडियोमा सबै उनकै वास्तविक जीवनका घटनाक्रमहरु देखाइएको छ । पलको प्रेमिकाको भूमिकामा सनिशा भट्टराईले अभिनय गरेकी छन् ।

    सनिशाले कुन प्रेमिकाको भूमिकामा अभिनय गरेकी हुन् भन्ने प्रश्न उठ्न सक्छ । जेल जानुअघि पल एकैपटक धेरै युवतीसँग प्रेममा थिए ।


    पल जेलबाट निस्किएपछि आफन्त र शुभचिन्तकले फुलमाला लगाएर स्वागत गरेको, आमाले आरती उतारेको दृष्यहरु पनि भिडियोमा छन् । पलको रिहाइका लागि मस्जिददेखि गुम्बासम्म प्रार्थना गरिएको पनि देखाइएको छ । भिडियोको निर्देशन पल शाह आफैंले गरेका हुन् ।

    पलको बुवाको भूमिकामा प्रकाश अधिकारी, आमाको भूमिकामा सुर्यमाला खनाल र बहिनीको भूमिकामा प्रिन्सु तिवारीले अभिनय गरेका छन् ।

    ‘तिमीलाई हेर्ने बानी पर्यौ’ गीतको पुरुष भर्सन पुष्पन प्रधानले गाएका थिए । उक्त गीतमा पनि पलले नै अभिनय गरेका थिए । उक्त गीतले ८३ लाखभन्दा बढी भ्यूज पाएको छ । यी दुवै गीत पलले आफ्नै नामको च्यानलबाट रिलिज गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार