मंगलबार, मंसिर ८ गते २०८३

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

अखबार दैनिक
मंगलबार, मंसिर ८ २०८३
  • नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

    काठमाडौँ, ८ मङ्सिरः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।   

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ९५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८६ अङ्कले बढेर ४८२ दशमलव ३९ मा पुगेको छ ।

    त्यस्तै फ्लोट सूचक एक दशमलव २५ अङ्कले बढेर १८३ दशमलव ८९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५३ अङ्कले बढेर १६३ दशमलव ९५ मा पुगेको छ ।

    आज विभिन्न कम्पनीका एक करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर रु पाँच अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो । आज १६५ कम्पनीको सेयर बढ्यो भने १११ कम्पनीको सेयर घट्यो । त्यसैगरी तीन कम्पनीको सेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार एभरेष्ट कलर, माउन्टेन हाइड्रोपावर र सिटि होटललगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मानुषी लघुवित्त,मेन्छियाम हाइड्रोपावर, ओममेगा श्रीलगायतका लगानीकर्ताले गुमाएका छन् । रासस   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार