बुधबार, मंसिर ९ गते २०८३

रथी थापालाई दर्ज्यानी चिन्ह प्रदान

रथी थापालाई दर्ज्यानी चिन्ह प्रदान

अखबार दैनिक
मंगलबार, मंसिर ८ २०८३
  • रथी थापालाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौँ, ८ मङ्सिरः प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति हुनुभएका अनुपजङग थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

    सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उहाँलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो ।

    सोही अवसरमा उपरथीमा बढुवा हुनुभएका मनोज थापा तथा सहायक रथीमा पदोन्नती हुनुभएका प्राविधिक महासेनानीत्रय जगत शाह, पङ्कज रावल र शितल बानियाँलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । यसैगरी महासेनानीमा पदोन्नती हुनुभएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।रासस   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार