मंगलबार, जेठ ८ गते २०८१

सकियो नवौं लिटल थिएटर गराज

सकियो नवौं लिटल थिएटर गराज

अखबार दैनिक
बुधबार, वैशाख १३ २०८०
  • सकियो नवौं लिटल थिएटर गराज

    काठमाडौँ । बालबालिकाको विभिन्न नाट्य प्रस्तुतिसँगै नवौं लिटल थिएटर गराजः बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सकिएको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले वार्षिक रुपमा आयोजना गर्दै आएको गराज दुई सातामा सकिएको हो । समापनको दिन सहभागी बालबालिकाले कार्यशालाका दौरान तयार पारेका नाट्य प्रस्तुति मञ्चन भएको थियो । जसमा पपेटमार्फत कथा–कथनदेखि उनीहरु आफैले तयार पारेको नाटक ‘सिन्डेरेला’ मञ्चन भएका थिए ।

    images

    बालबालिकाले खेल्ने ‘भाँडाकुटी’ लाई आधार बनाएर सहभागी बालबालिकालाई नाट्य कला र सीपको साक्षात्कार गराएको कार्यशालाका कला निर्देशक केदार श्रेष्ठले बताए । कार्यशालाकी संयोजक इलिना नकर्मीले हरेक वर्ष बालबालिकाको उत्साहमय सहभागिता रहने र कार्यशालाले उनीहरुको मुहारमा खुशी भर्न सकेको बताइन् ।  कलामार्फत उनीहरुको व्यक्तिगत र व्यक्तित्व विकासमा सघाउने उद्धेश्यका साथ ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि लिटल थिएटर गराज हुँदै आएको हो ।

    Capture_1_AqQN0qOxt7.webp

    गराजमा विशेषतः नाटक र अभिनयका साथमा कथावाचन, कथाकथन, पब्लिक स्पिकिङ, चित्रकला, पपेट निर्माण र पपेट कथाकथन, ओरिगामी, नृत्य, भ्वाइस एण्ड स्पिच, सिर्जनशील लेखन, सिर्जनशील सोच लगायतका विषयमा कार्यशालामा गतिविधिहरु भएका थिए । त्यस्तै कार्यशाला अन्तर्गत नै बालबालिकाहरुले पैदल यात्रा, वातावरण अध्ययन, सम्पदा भ्रमण तथा राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण पनि गरेका थिए । 

    थिएटर गतिविधिहरु बढिरहे पनि बालबालिकाको लागि थिएटरका गतिविधि नभइरहेको अवस्थामा २०७१ मा सुरु भएको यस कार्यशाला हरेक वर्ष चैत २० पछि हुने गरेको छ । कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’ को नेपाल सेन्टर आसितेज नेपालको सहकार्य तथा राराहिल मेमोरियल स्कूल कीर्तिपुर र नेपाल–जापान बाल पुस्तकालयको साथमा हुँदै आएको छ ।  लिटल थिएटर गराजको दशैँ संस्करण आगामी चैत २२ मा हुने आयोजकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार