जेठ २० काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपालका प्रसिद्ध साहित्यकार, गायक एंव संगीतकार गणेश रसिकको निधनप्रति पशुपति आर्यघाटमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले रसिकको पार्थिव शरीरमा राष्ट्रिय झन्डा पनि ओडाए ।
मंगलबार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । उनले गणेश रसिक वास्तविक रुपमा नेपालको गायन,संगीत र साहित्य क्षेत्रको ज्ञानका रत्न नै रहेको बताए । नेपाली साहित्य, गायन एंव संगीतको विकासमा महत्वपूर्ण योगदानहरु गरेको पनि उनको भनाई छ ।
उनको निधनमा मुलुकले, नेपाली साहित्य, गायक एंव संगीतको क्षेत्रले र हामी सबैले एक मुर्धन्य प्राज्ञिक नक्षत्रलाई गुमाएको छ । यीनै कृतिहरूमा गणेश रसिक सदा सदा बाँची रहने पनि खनालको भनाई छ ।
नेपाल क्यान्सर अस्पताल, हरिसिद्दि, ललितपुरमा प्रोस्टेट क्यान्सरको उपचारको क्रममा रसिकको निधन भएको थियो । उनको अन्तिम संस्कार मंगलबार पशुपतिस्थित विद्युतीय शवगृहमा गरिएको छ ।