बुधबार, जेठ ९ गते २०८१

पहिलो संस्करणको ‘द पोएट आइडल’ को उपाधि सिक्किमकी नीलमलाई

पहिलो संस्करणको ‘द पोएट आइडल’ को उपाधि सिक्किमकी नीलमलाई

अखबार दैनिक
आइतबार, वैशाख १० २०८०
  • पहिलो संस्करणको ‘द पोएट आइडल’ को उपाधि सिक्किमकी नीलमलाई

    पहिलो संस्करणको ‘द पोएट आइडल’ को उपाधि सिक्किमकी कवि नीलम गुरुङले जितेकी छिन् । शुक्रवार राति सम्पन्न ग्राण्ड फिनालेमा गुरुङ पहिलो पोयट आइडल बन्न सफल भइन् ।

    images

    साहित्यमा आधारित यो नेपालकै पहिलो रियालिटी शोमा सबैभन्दा बढी भोट ल्याउँदै विजेता बनेकी नीलमले १० लाख रुपैयाँ नगदसमेत जितिन् । नीलमसहित मिल्सन राई, नाथन रायान र पल्लविव ग्राण्ड फीनालेमा भिडेका थिए ।

    यो साहित्यिक रियालिटी शोमा ‘कसरी लेखौँ म आफ्नै कविता जब म आफ्नै देशमा विदेशी छु’ कवितामार्फत नीलम गुरुङको क्रेज ह्वात्तै बढेको थियो । गुरुङलाई सिक्किम सरकारको प्रत्यक्ष समर्थन र सहयोग रहेको थियो । उनलाई जिताउन सिक्किम सरकारका पिएस तामाङलगायत लागिपरेका थिए भने विभिन्न कार्यक्रममा पुगेर मुख्यमन्त्रीले उनका लागि भोट अपिल गर्ने गरेका थिए । नेपाली साहित्य परिषद् भवनमा मुख्यमन्त्रीका सचिवले त आर्थिक सङ्कलन नै गरेर नीलमलाई जिताउनु पर्ने बताएका थिए ।

    अमनप्रताप अधिकारीद्वारा निर्देशित द पोएट आइडलमा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्तले निर्णायकको भूमिकामा थिए भने दिव्यदेव कार्यक्रम सञ्चालकको भूमिकामा रहेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार