शुक्रबार, कात्तिक ३० गते २०८१

नेपाललाई सातौं सफलता, ओमान संकटमा

नेपाललाई सातौं सफलता, ओमान संकटमा

अखबार दैनिक
शुक्रबार, वैशाख ८ २०८०
  • नेपाललाई सातौं सफलता, ओमान संकटमा

    काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले सातौं विकेट लिएको छ।  ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ७ विकेट गुमाएर ४२ ओभरको समाप्तिमा २१० रन  जोडेको छ ।

    images

    हालसम्म नेपालका लागि सन्दीप लामिछानेले तीन, दिपेन्द्रसिंह ऐरीले दुई, ललित राजवंशी  र करण केसीले एक–एक विकेट लिएका छन् ।  ४२.२ ओभरमा करण केसीले ६६ रन बनाएर खेलिरहेका मोहम्मद नदिमलाई आउट गरे । नादिम मिडअफ क्षेत्रमा कप्तान रोहितकुमार पौडेलको हातबाट क्याचआउट भए ।

    यस्तै ४१.१ ओभरमा ऐरीले ओमानका सन्दीप गौडलाई आउट गराएका हुन्। गौडको प्रहार लङअफ क्षेत्रको बाउन्ड्री लाइन नजिकैबाट सोमपाल कामीले क्याचआउट गराएका थिए । यता ऐरीले २२‌.५ ओभरमा आउट गराएका आयान खानले २८ बलमा २९ रन बनाए । स्पिनर ललितनारायण राजवंशले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दा सन्दीपले १३ औं ओभरको तेस्रो बलमा विकेट किपर आदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गरे ।
    यसै ओभरको अन्तिम बलमा सन्दीपले कप्तान जिशान मकसुदलाई शून्यमा बोल्ड गरे । सन्दीपले अर्को ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई २५ रनमा एलबीडब्लू आउट गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार