एफसी क्वालिफायरमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि चाहेको नतिजा नआएको राष्ट्रिय महिला फुटबल टीमकी कप्तान सावित्री भण्डारी (साम्बा) ले बताएकी छिन् । आज स्वदेश फर्किएपश्चात त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
प्रतियोगितबारे उनको भनाइ जस्ताको त्यस्तैः
‘सुरुवातमा अलिकित मौसमसँग अभ्यस्त हुन गाह्रो भयो । बिस्तारै सुधार ल्यायौं । कोचले सिकाए अनुसार फलो गर्दै खेल्यौं । थ्री जिरो डाउन हुँदा पनि कमब्याक गर्यौं । तर पेनाल्टीमा चुक्न पुग्यौं ।
एउटा खेलाडीका रुपमा हाम्रो करिअरमा योजस्तो ठूलो प्रतियोगिता अर्को कुनै पनि थिएन । यो एउटा ठूलो अवसर थियो । अवसरलाई सही तरिकाले क्याच गरेको पनि हो हामीले । तीन गोलले डाउन हुँदा पनि कमब्याक गरेर ५०÷५० स्थितिमा पुग्यौं । यो रिजल्टले हाम्रो भोलिको दिन र भविष्य देखाउनेवाला थियो । रिजल्ट दिन नसक्दा खेलाडीहरुमा भोलि खेल्न छोडिसकेपछि पनि यो कुराले पिरोलिराख्नेछ ।
मलाई लाग्छ, सुरुको १० मिनेट सम्हालिन सकेनौं । त्यसपछि बाहिरबाट कोचिङ स्टाफले जुन म्यासेज रिले गर्नुभयो, त्यसले गर्दा हाम्रो रणनति र इनर्जी बुस्ट भएको थियो । हामीले कमब्याक गर्न सफल भयौं । ओभरअल हामीभन्दा माथिल्लो टिमसँग खेलेर धेरै कुराहरु सिक्यौं । फाइट गर्नु ठूलो कुरा हो ।
टीमभित्र अलिकति विवाद पनि आयो । तीन म्याचको राति त म सुत्न पनि सकिनँ । मलाई छुट्टै किसिमको प्रेसर थियो । आफूले आफैंलाई सम्हाल्न सकिनँ । तर, मेरो कप्तानीलाई सबै साथीहरुले साथ दिनुभयो ।