शनिबार, वैशाख २२ गते २०८१

१८ वैशाखदेखि तातोपानी र हिल्सा नाका पनि पूर्ण रुपमा खुल्ने

१८ वैशाखदेखि तातोपानी र हिल्सा नाका पनि पूर्ण रुपमा खुल्ने

अखबार दैनिक
सोमबार, चैत २० २०७९
  • १८ वैशाखदेखि तातोपानी र हिल्सा नाका पनि पूर्ण रुपमा खुल्ने

    १९ चैत, काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।

    images

    तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो । अब सबै नाका खुल्दै जाने मन्त्रालयका सहसचिव एवम् वार्ता टोली सदस्य डा.नारायणप्रसाद रेग्मीले बताए ।

    नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको छ । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशख (१ मे ) बाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ ।

    चीनले बिस्तारै सबै नाका सहज बनाउने नीतिअनुसार आयातको कोटा प्रणाली समेत हटाएको प्रमुख भन्सार प्रशासक दयानन्द केसीले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार