आइतबार, असार २३ गते २०८२

०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन्ः अर्थमन्त्री पौडेल

०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन्ः अर्थमन्त्री पौडेल

अखबार दैनिक
आइतबार, असार २३ २०८२
  • ०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन्ः अर्थमन्त्री पौडेल

    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाएका छन् । आइतबार रुपन्देहीको कन्चन गाउँपालिका वडा नं ५ गरेका ४५१ जना स्थानीयलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै उनले यसमा ढुक्क भएर बस्न आग्रह गरेका छन् ।

    images

    ‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौँ, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौँ, हामीले त्यसलाई ०८४ अघि नै पूरा गर्ने संकल्पका साथ काम गरेका छौँ ।’

    उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यसमा स्पष्ट निर्देशन दिइरहनुभएको छ, जो भूमिहीन, बेघरबार छन् यसको स्थायी समाधानको लागि दृढ संकल्पसाथ काम भएको छ, यसलाई सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार