शनिबार, वैशाख २२ गते २०८१

दलितले भान्सा छोएको भन्दै खाना घोप्ट्याउने वडा सदस्य लामिछाने पक्राउ

दलितले भान्सा छोएको भन्दै खाना घोप्ट्याउने वडा सदस्य लामिछाने पक्राउ

अखबार दैनिक
सोमबार, चैत २० २०७९
  • दलितले भान्सा छोएको भन्दै खाना घोप्ट्याउने वडा सदस्य लामिछाने पक्राउ

    पोखरा। व्रतबन्धको भोजमा दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने कास्कीका वडा सदस्य पक्राउ परेका छन् । माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेका हुन् ।

    images

    रिभानका चार जनाविरुद्ध पोखराका नारायण परियारले जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ मा पक्राउ परेका थिए । फरार रहेका जनप्रतिनिधि रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । उनीहरुलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार