शुक्रबार, मंसिर ७ गते २०८१

थ्री नेसन्स कपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको घोषणा

थ्री नेसन्स कपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको घोषणा

अखबार दैनिक
मंगलबार, चैत ७ २०७९
  • थ्री नेसन्स कपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको घोषणा

    काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

    images

    नेपालको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अन्नेसले मंगलबार २३ सदस्सीय टोली घोषणा गरेका हुन् । नेपाल, भुटान र लाओसबीच हुने प्रतिस्पर्धा बुधबारबाट दशरथ रंगशालामा सुरू हुनेछ ।

    उद्घाटन खेलमा नेपाल र लाओस आमने सामने हुनेछन् । शनिबार भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । आगामी मंगलबार नेपाल र भुटान भिड्नेछन् । सबै खेल नेपाली समयानुसार बेलुकी ६ बजे सुरू हुनेछ ।

    प्रतियोगिताको फाइनल खेल भने चैत १७ गते बेलुकी साढे ५ बजे खेलाइने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। मार्च फिफा विन्डोअन्तर्गत सम्पूर्ण खेल हुन लागेको हो।

    नेपाली टोली

    गोलकिपरः किरण कुमार लिम्बु (पञ्जाब एफसी), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), अभिषेक बराल (रोयल ब्लू सातदोबाटो युथ क्लब)

    डिफेन्डरः सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), विकास खवास (त्रिभुवन आर्मी फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), पदम भट्टराई (एफसी खुमलटार), आदित्य चौधरी (जावलाखेल युथ क्लब), निशान्त खड्का (संकटा क्लब)।

    मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), रोहित चन्द (पर्सिक केदिरी), कमल थापा (मनाङ मस्र्याङ्दी क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), भरत खवास (त्रिभुवन आर्मी फुटबल क्लब)

    फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपक सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), सुमित श्रेष्ठ (मनाङ मस्र्याङ्दी क्लब) मनिष डाँगी (संकटा क्लब)

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ