बिहीबार , कात्तिक १५ गते २०८२

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा

अखबार दैनिक
बिहीबार , कात्तिक १५ २०८२
  • नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा

    नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

    गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिनुभएको एन्फाका महासचिव किरण राईको जानकारी दिनुभयो । के कारणले राजीनामा दिनुभयो भन्ने विषयमा पछि जानकारी गराउने उहाँले बताउनुभयो ।

    आठ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो । रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार